Rule 7
बजार अनुगमन गर्ने

(१) कुनै व्यक्ति वा प्रतिष्ठानले स्वच्छ प्रतिस्पर्धा विपरीतको कुनै काम कारबाही गरे वा नगरेको सम्बन्धमा बोर्डले समय समयमा अनुगमन गर्न गराउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुगमन गर्नेले उपभोक्ता वा बजार संरक्षणको क्षेत्रमा काम गर्ने कुनै संघ संस्थाको सहयोग लिन सक्नेछ ।
(३) बोर्ड बाहेक अन्य व्यक्तिले उपनियम (१) बमोजिम अनुगमन गरेको भए त्यसरी अनुगमन गरेको सात दिनभित्र बोर्ड समक्ष आफ्नो प्रतिवेदन पेश गर्नु पर्नेछ ।